माउन्टेन गाइड लाइसेन्स वितरण रोकियो

माउन्टेन गाइड लाइसेन्स वितरण रोकियो
+
-

काठमाडौँ – पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको जनाएको छ ।

विभागले सोमबार सूचना जारी गरि अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।

विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गरिएको थियो ।

विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

‘कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ’, उनले भनिन् ।

विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् । विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ । करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७ (क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो ।

सर्वोच्च अदालतको वादी लाक्पा रड्डु शेर्पा र प्रतिवादी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९१२ तथा वादी तेण्डी शेर्पा र प्रतिवादी पर्यटन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९३० मुद्दामा चैत ९ गतेको उत्प्रेषणको आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?