जलवायु परिवर्तन सम्बन्धी आइपिसिसीको प्रतिवेदन (वैज्ञानिकसँगकाे अन्तर्वार्ता)

जलवायु परिवर्तन धनी देशको मात्र मुद्दा होइन

जलवायु परिवर्तन धनी देशको मात्र मुद्दा होइन
+
-

जलवायु परिवर्तन कुनै एक क्षेत्र, समूह वा वर्गको चासो वा चिन्ताको विषय थिएन र होइन। यो विश्वव्यापी मुद्दा हो र यसलाई सोही स्तरमा सबैले आफ्नो तह वा क्षमताले भ्याउनेसम्म बुझ्नु पर्छ।

समाधान वा अनुकुलनका प्रयासहरुमा सबै आफ्नो तहबाट लाग्नु पर्नेछ। यस प्रयासका लागि अवस्थाको वास्तविकता र देखिएको वा अब हुन सक्ने गतिविधिहरुबारे जानकारी हुनु आवश्यक छ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (इन्टर गभरमेन्टल एजेन्सी अन क्लाइटमेट चेन्ज, आइपिसिसी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनले विभिन्न प्रमाणहरु र अहिले उपलब्ध भएको उत्कृष्ट प्रविधिको प्रयोग गरेर विश्वास योग्य वैज्ञानिक अवस्था प्रस्तुत गरेको छ जलवायु परिवर्तनका विविध पक्षहरुबारे।

तापक्रम, समुद्र सतह, हिउँ–हिमनदीको अवस्था, प्रदुषण, कार्बन तथा अरु हरितगृह ग्यास उत्सर्जनसहितका धेरैथरी प्रमाणहरु हेरेर र वैज्ञानिक अवस्था अवलोकन गरेर यो प्रतिवेदन तयार भएको हो। यसमा विश्वव्यापी रुपमा जलवायु परिवर्तनको क्षेत्रमा वैज्ञानिक दृष्टिमा के भइरहेको छ भनेर उपलब्ध अध्ययनहरुको विश्लेषण गरिएको छ।

देखिएका वा भइरहेका परिवर्तन या असरहरु मध्ये कुन–कुन मानवीय कारण वा प्राकृतिक कारणले भएका हुन् भन्ने पनि मिहिन रुपमा विश्लेषण पश्चात अहिलेको साझा प्रतिवेदन आएको हो।

उदाहरणको रुपमा प्रदूषणले तापलाई शोषण गर्छ जसले तापक्रम वृद्धिका लागि सहयोग गर्छ। तापक्रम वृद्धि हुँदा हिउँ पग्लिने तथा हिमनदीहरुको घेरा साँघुरो बन्छ। हिमतालहरुको संख्या बढ्छ। समुद्री सतह बढ्दाे क्रममा हुन्छ। यसरी एक क्रियाको चौतर्फी प्रतिक्रिया अवलोकन तथा विश्लेषण अहिलेसम्म उपलब्ध वैज्ञानिक तथ्य, तथ्यांक र उपकरणका आधारमा गरि विशुद्ध जलवायु विज्ञानको आधार आइपिसिसीको प्रतिवेदनमा समेटिएकाले निकै बृहत छ।

जलवायु वैज्ञानिकहरुले अहिलेसम्म गरेका ‘प्रोजेक्सन’ हरु मिलेका छन्, त्यसको मार्ग उही छ। ‘कन्फिडेन्स लेभल’ कमजोर वा मध्यम थियो होला। अहिले एकै क्षेत्र वा विषयका विभिन्न प्रमाणहरुको विश्लेषण र त्यसका लागि प्रयोग गरिने साधनहरुको क्षमता वृद्धिका कारण ‘कन्फिडेन्स’ बटेको छ। प्रभावहरु स्पष्ट देखिएका छन् र भन्न सकिएको छ।

आइपिसिसीको रिपोर्टः विशुद्ध वैज्ञानिक, नीति सहयोगी


आइपिसिसीले विश्वभरका वैज्ञानिकको दुई वर्षभन्दा लामो मेहनतबाट तयार गरेको जलवायु परिवर्तनको भौतिक अवस्था सम्बन्धी हालै सार्वजनिक प्रतिवेदन विशुद्ध वैज्ञानिक पक्षमा आधारित हो। यसले जलवायु परिवर्तन र त्यसका क्षेत्रमा गर्नु पर्ने कामका लागि नीति निर्माण तथा वार्ताका लागि सहयोग गर्छ। तर यसले नीति निर्माणमा हस्तक्षेप भने गर्दैन, यो सहयोगी सामग्री हो।

६६ देशका २३४ वैज्ञानिकको प्रत्यक्ष संलग्नता र विभिन्न क्षेत्रबाट आएका ७८ हजार भन्दा बढी टिप्पणीहरुको सम्बोधन गरी तयार भएको प्रतिवेदन अहिलेसम्मको बृहत हो। यसमा विगत र अहिलेको अवस्था विश्लेषण गरि यस्तो गर्दा यो भयो वा यो गरियो भने यस्तो हुन्छ होला भनिएको छ।

प्रतिवेदनले जलवायु परितर्वनको प्रभाव न्यूनीकरणका लागि मार्ग देखाएको छ। तर यस्तो गरिनु पर्छ भनेर भन्दैन। यो प्रतिवेदनले आउँदो नोभेम्बरमा ग्लासगोमा हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा विश्वभरका नेताहरुलाई अबको रणनीतिक कदमहरुबारे निर्णय लिन सहयोग गर्ने अपेक्षा छ।

यस रिपोर्टमा सन् २०१३ देखि २०२० का तथ्यांक तथा विश्वव्यापी रुपमा उपलब्ध वैज्ञानिक अवस्थाहरु एकीकृत स्वरुप दिइएको छ। जलवायु परिवर्तको वैज्ञानिक अवस्था र विगतको भन्दा कुन कुन क्षेत्रमा परिवर्तन भयो भन्ने थाहा पाउनका लागि मुख्य स्रोत बन्नेछ।

पेरिस जलवायु सम्मेलनबाट तय भएको तापक्रम वृद्धिको सीमा १.५ डिग्रिसेल्सियसमा सीमित गर्ने लक्ष्य अहिलेको अवस्थामा पूरा नहुने स्पष्ट भएको छ। रहेक दशक अघिल्लो भन्दा तातो र गम्भीर प्रकृतिका जलवायु जन्य घटनाहरु बढ्दो क्रममा देखिएका छन्। पछिल्लो केही वर्षमा देखिएका अत्यधिक वर्षा, डढेलो, अत्यधिक गर्मी, खडेरीसहितका गतिविधिहरु तथा मानवीय कारणले भएको तापमान वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तनबिच सापेक्ष सम्बन्ध रहेको प्रतिवेदनमा उल्लेख छ।

यो कुरा उपलब्ध वैज्ञानिक प्रमाणहरुले भनेका हुन्। त्यसैले यो प्रतिवेदन टड्कारो समस्या वा विश्वव्यापी संकटका रुपमा देखिँदै आएको जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि विश्वभरका सरकार तथा सरोकारवालका लागि अति उपयोगी छ।

नेपालका लागि के अर्थ राख्छ?


जलवायु परिवर्तनको मुद्दा क्षेत्र सीमित होइन, यसले सबैलाई प्रभाव पार्छ र पारेको छ। यस्तै यो एक मुद्दा वा विषयमा मात्र पनि होइन। समाजका प्रायः हरेक क्षेत्र यससँग कुनै न कुनै रुपमा जोडिएका छन्। यस्तो महत्वपूर्ण विषयमा समयक्रमको मूल्यांकनसहितको वैज्ञानिक प्रतिवेदन आएको छ।

जलवायु परिवर्तन हुनुमा सीमित देशहरुको बढी भूमिका होला वा भनौँ धेरै उत्सर्जन गरेका होलान्। तर यसमा सबै देशको हिस्सेदारी भने छ। सोही कारण जलवायु परितर्वनको मुद्दालाई हरेक देशले आफ्नो कारण र प्रक्रियाका कारण भइरहेको हो भन्ने बुझ्नु पर्छ।

आइपिसिसीको रिपोर्टलाई विश्वका १९५ देशले स्वीकृति प्रदान गरेका छन्। त्यस आधारमा यो रिपोर्ट जलवायु परिवर्तको विज्ञानका सम्बन्धमा अहिलेसम्मकै विश्वसनीय दस्तावेज हो। नेपालसहित विश्वभरका देशलाई यसले आफू अनुकुल जलवायु परिवर्तनको अवस्था वा प्रभाव बुझ्न र नीति बनाउनका लागि सहयोगी भूमिका खेल्ने छ।

तापक्रम वृद्धिका कारण हिउँ पग्लिने, पानी पर्ने प्रक्रियामा आएको परिवर्तनले निम्तिएका विपद वा निम्तन सक्ने अवस्थाहरु, डढेलो, अत्यधिक गर्मीसहितले नेपाललाई पनि प्रभाव पारेको छ र यो क्रम अझ सघन बन्दै जाने सम्भावना देखिन्छ। यस्तो अवस्थामा नेपालको परिवेश वा आवश्यकता सुहाउँदो थप अध्ययनका लागि आइपिसिसीको प्रतिवेदन प्रयोग गर्न सकिन्छ। यसले भोलिका जलवायु सम्बन्धी वार्ताका लागि सहयोग गर्छ।

विश्वको तापक्रम वृद्धि अहिले नै नै १.१ डिग्री सेल्सियस भइसक्यो। ठूलो मात्रामा उत्सर्जन कटौती नगरेमा अबको दुई दशक भित्रै तापक्रम वृद्धि १.५ डिग्रिसेल्सियस पुग्ने प्रतिवेदनमा आँकलन गरिएको छ। सो अवस्थामा नेपाल पनि प्रभावबाट पर रहँदैन, त्यसैले अहिले नै आवश्यक कदम चाल्नु पर्ने छ। किनकी जलवायु परिवर्तनको कुरामा हाम्रो देश वा यो देश भन्ने नै होइन।

अब धनी देशले मात्रै यो सल्ट्याउनुपर्छ भन्ने कुरा पुरानो भयो। हामी सबैले आफ्नो क्षमता अनुसार के गर्न सकिन्छ गर्नु पर्छ। हरेक राष्ट्रको भूमिका हुन्छ। त्यसैले नेपालका लागि आफ्नो अवस्था हाथा पाएर आवश्यक भूमिका निर्वाह गर्नका लागि यो प्रतिवेदनले सहयोग पक्कै गर्छ।

विज्ञानले के भनिरहेको छ भन्ने थाहा पाउन यो प्रतिवेदन सहयोग हुनेछ। यसलाई आधार बनाएर स्थानीय तथ्यांक अनुसार विश्लेषण गर्नु पर्छ।

विश्वव्यापी रुपमा सोच्न पाउनु पनि ठूलो अवसर र सिक्ने मौका हो। विश्वव्यापी प्रश्न र चासोको सम्बोधन गर्ने मौका मिल्यो। त्यसका लागि आभारी छु।

(वैज्ञानिक भुपेश अधिकारीसँग देश सञ्चारका टंक ढकालले गरेकाे कुराकानीमा आधारित । अधिकारी वायु प्रदूषण र वायुमण्डलीय वैज्ञानिक हुन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत वैज्ञानिक अधिकारी आइपिसिसीले अगस्ट ९ (साउन २५ गते) सार्वजनिक गरेको क्लाइमेट चेन्ज २०२१ः द फिजिकल साइन्स बेसिस (जलवायु परिवर्तनका लागि भौतिक विज्ञान) नामक प्रतिवेदन तयार गर्न कार्यरत ६६ देशका २३४ वैज्ञानिक मध्ये एक हुन्। १२ वटा अध्यायमा रहेको सो प्रतिवेदनको अध्याय ६ का उनी लिड अथर हुन्। यस्तै उनी अध्याय १० मा कन्ट्रिब्युटिङ अथर, समरी फर पोलिसी मेकरमा कन्ट्रिब्युटिङ्ग अथर तथा टेक्निकल समरीमा अथरको भूमिकामा रहेर काम गरेका छन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?