जलवायु परिवर्तन

तापक्रम वृद्धि : लक्ष्य १.५ मा समेट्ने तर याेजना २.७ डिग्री सेल्सियसतर्फ

तापक्रम वृद्धि : लक्ष्य १.५ मा समेट्ने तर याेजना २.७ डिग्री सेल्सियसतर्फ
+
-

जलवायु परिवर्तनमा सम्बन्धमा महत्वपूर्ण विश्व सम्मेलनको मुखैमा सार्वजनिक भइरहेका वैज्ञानिक अध्ययन प्रतिवेदनहरुले कार्बन उत्सर्जन नियन्त्रण तथा अनुकूलनका लागि आवश्यक मार्गमा देशहरु नरहेको देखाइरहेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै सार्वजनिक भएको इमिसन ग्याप (उत्सर्जन अन्तर) सम्बन्धी प्रतिवेदनलाई ‘अनोदर थन्डरिङ वेक–अप कल’ भनेका छन्।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले मंगलबार जारी गरेको इमिसन ग्याप रिपोर्टमा विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि आवश्यक पर्ने तहमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्न असफल रहेको उल्लेख छ।

राष्ट्रसंघ महासचिव गुटरेसले यसलाई अर्को मानव जातिका लागि अर्को सचेतना संकेतका रुपमा परिभाषित गरेका हुन्।

विश्वका १२० देशले पेश गरेको राष्ट्रिय निर्धारित योगदान (एनडिसी) को विश्लेषण गरी संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले इमिसन ग्याप रिपोर्ट प्रकाशित गरेको हो। १२ औँ इमिसन ग्याप रिपोर्टका अनुसार विश्व जलवायु परिवर्तनका कारण उत्पन्न हुने गम्भीर संकटतर्फ अघि बढिरहेको छ।

यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम औद्योगिक क्रान्तिपूर्वको समयको तुलनामा २.७ डिग्री सेल्सियसले बढ्ने देखिएको र यसको पृथ्वी तथा यहाँको जीवन–जगतमा विनाशकारी असर पर्ने चेतावनी प्रतिवेदनमा दिइएको छ।

तर आशाको किरण भने अहिले ननिभेको प्रतिवेदनमा जनाइएको छ। उत्सर्जन शून्यमा झार्ने दीर्घकालीन उद्देश्य प्राप्त भएको खण्डमा तापमान वृद्धि सीमित गर्न सकिने तर त्यसका लागि देशहरुले विगतको भन्दा महत्वाकांक्षी वाचा र त्यसअनुसार काम गर्नुपर्ने जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन अर्थात कोप–२६ अघि देशहरुले संयुक्त राष्ट्रसंघमा पेश गरेका एनडिसी र कार्बन उत्सर्जन कटौती गर्ने अरु योजनाको विश्लेषण गरेर इमिसन ग्याप रिपोर्ट तयार पारिएको हो। यस्ता योजनाहरु सन् २०३० सम्मका लागि भनेर तयार पारिएका छन्।

१२० देशका एनडिसी र कार्बन उत्सर्जन कटौती गर्नेसम्बन्धी अरु योजनाहरुलाई संयुक्त रुपमा विश्लेषण गर्दा सन् २०३० सम्ममा हरितगृह ग्यासको कटौती करिब ७.५ प्रतिशतसम्म हुने देखिएको हो।

पाँच वर्ष पहिले पेरिस सम्झौता गर्दा देशहरुले गरेको प्रतिबद्धताभन्दा यो निकै कम हो र यसले तापमान वृद्धि १.५ डिग्रीमा सीमित गर्न नसक्ने र विश्वव्यापी तापक्रम वृद्धिको २.७ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी प्रतिवेदनमा दिइएको छ।

तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न सन् २०३० सम्ममा विश्वव्यापी रुपमा हरितगृह ग्यासको उत्सर्जन ५५ प्रतिशतले कटौती हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन्। यसको अर्थ अहिलेको योजनालाई सात गुणा बढाउनु पर्छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका निर्देशक इन्गर एन्डर्सनले विश्व्यापी तापमान वृद्धिलाई सीमित गर्नका लागि विश्वसँग अझै ८ वर्ष रहेको तर त्यसका लागि वाचाको दायरा बढाएर सोअनुसार तत्काल काम गर्नुपर्ने बताएका छन्।

प्रतिवेदनमा भनिएअनुसार देशहरुले पेश गरेका योजनाहरुको विश्लेषणबाट देखिएको अवस्थामा यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.७ डिग्री सेल्सियसले बढ्ने छ र त्यो जलवायु विपद्को अवस्था हुने राष्ट्रसंघ महासचिवले बताएका छन्।

यसअघि जलवायु परिवर्तनका लागि अन्तरसरकारी निकाय (आइपिसिसी) को जलवायु परिवर्तनको भौतिक विज्ञान (एआर ६) प्रतिवेदनलाई उनले ‘कोड रेड फर ह्युम्यानिटी’ भनेका थिए।

केही दिनअघि सार्वजनिक भएको अर्को प्रतिवेदनले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च रहेको भनेको थियो। तापक्रम वृद्धिका लागि हरितगृह ग्यासको उत्सर्जनले सहयोग गर्छ।

उत्सर्जन कटौतीको योजना र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनसहितका मुद्दालाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको कोप–२६ अघि सार्वजनिक भएका प्रतिवेदनहरुले विश्व समुदाय खराब बाटोमा रहेको भनिरहेका छन्। कोप–२६ अक्टोबर ३१ (कात्तिक १४) देखि नोभेम्बर १२ (कात्तिक २६) सम्म ग्लास्गोमा हुँदैछ।

यो पनि पढ्नुहोस्

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

के हुँदैछ कोप-२६ मा? यो किन नेपालका लागि महत्वपूर्ण छ?

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च : अध्ययन

जलवायु वित्तमा विकसित देशको वाचा अझै अधुरो, वार्षिक १०० बिलियनको सहयोगका लागि केही वर्ष पर्खिनु पर्ने

जलवायु वित्तमा विकसित देशको वाचा अझै अधुरो, वार्षिक १०० बिलियनको सहयोगका लागि केही वर्ष पर्खिनु पर्ने

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष