अमेरिकाको निजी ग्यालरीमा भेटियो नेपालबाट चोरिएको चार सय वर्ष पुरानो मूर्ति

अमेरिकाको निजी ग्यालरीमा भेटियो नेपालबाट चोरिएको चार सय वर्ष पुरानो मूर्ति
+
-

काठमाडौँ – नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो पुरातात्विक महत्वको मूर्ति अमेरिकाको एक निजी ग्यालरीमा भेटिएको छ।

काठमाडौँको ओटु टोलमा रहेको ओटु बहालबाट सन् १९८० को दशकमा चोरी भएको दाताको मूर्ति बरकत ग्यालरीको अमेरिकी शाखामा भेटिएको हो।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले आइतबार जारी गरेको सूचनामा विश्वका विभिन्न देशमा शाखा रहेको निजी ग्यालरी बरकतको अमेरिकाको क्यालिफोर्निया राज्य लस एन्जलसस्थित शोरुममा ढुंगाको दाताको मूर्ति पहिचान भएको हो।

ओटु बहालमा रहेका दुई दाताका मूर्तिहरु फरक समयमा चोरी भएका थिए। बरकत ग्यालरीमा एउटा दाताको मूर्ति भेटिए पनि अर्कोबारे जानकारी छैन।

यसअघि बरकत ग्यालरीको लण्डनस्थित शोरुममा बसन्तपुरस्थित कुमारीघरबाट चोरी भएको काठको तोरण तथा मञ्जुश्री टोलमा रहेको यंगालबाट चोरी भएको घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुंगाको मूर्ति भेटिएको थियो।

पछिल्लोपटक बरकतको लस एन्जलस शाखामा भेटिएको पनि घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुंगाको मूर्ति हो। प्राचीन समयमा आफ्नो कीर्ति राख्नका लागि दाताहरुको मूर्ति बनाउने चलन थियो। सोही चलनअन्तर्गत नेपालका विभिन्न प्राचीन मठ–मन्दिर, गुम्बा–बिहारका परिसरमा दाताका मूर्तिहरु पनि बनाइएको पाइन्छ।

यो पनि पढ्नुहोस्

कुमारीघरको तीन सय वर्ष पुरानो तोरण बेलायतको निजी ग्यालरीमा फेला

कुमारीघरको तीन सय वर्ष पुरानो तोरण बेलायतको निजी ग्यालरीमा फेला

नेपालबाट चोरी भएको चारसय वर्ष पुरानो मूर्ति लण्डनस्थित निजी ग्यालरीमा

नेपालबाट चोरी भएको चारसय वर्ष पुरानो मूर्ति लण्डनस्थित निजी ग्यालरीमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?