गेटामा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गर्छौंः प्रधानमन्त्री

गेटामा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गर्छौंः प्रधानमन्त्री
+
-

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न भएको प्रस्तावित मेडिकल कलेजमा सबैभन्दा पहिले तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन्।

शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री देउवालाई गेटा विश्वविद्यालय सञ्चालन गर्न माग गर्दै आन्दोलनरत अत्तरिया संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ।

टोलीले धनगढीस्थित देउवा निवासमै पुगेर ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तत्काल गेटामा ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताए।

साथै, देउवाले अस्पताल सञ्चालन भैसकेपछि प्रतिष्ठान बनाउने कि विश्वविद्यालय बनाउने भन्ने थप छलफल गरेर अघि बढ्ने बताए।

ज्ञापनपत्र बुझाउन पुगेका संघर्ष समितिका संयोजक लोकराज पाण्डेले आफ्ना मागप्रति प्रधानमन्त्री सकारात्मक देखिएको बताए।

यसैबीच, यसअघि प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने बताएका छन्। महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन्।

‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण कार्य अगाडि बढाउँदै छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ।’

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको जानकारी दिँदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। प्रधानमन्त्री देउवाले शनिवार बिहान धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष