
दाङ – दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले तीन जनाको नाम सिफारिस गरेको छ। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा कृष्णबहादुर महरा निर्वाचित भएका थिए।
यसपालीको निर्वाचनमा महराको नाम सर्वसम्मत सिफारिसमा परेन। यसपाली माओवादीबाट कृष्णबहादुर महरा, रेखा शर्मा र निर्मल आचार्यको नाम सिफारिस भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिए।
संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको बैठकपछि माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए।
महराले चुनाव लड्न सुरक्षित स्थानको खोजी गरिरहेको भए पनि दाङ–२ बाट उनको नाम सिफारिस भएको हो। गठबन्धनबाट दाङमा तीन वटा प्रतिनिधि सभामा सिट बाँडफाँड अझै टुंगिएको छैन।