ओलीको आरोपः गठबन्धन सरकार देश र जनताका लागि घातक

ओलीको आरोपः गठबन्धन सरकार देश र जनताका लागि घातक
+
-

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए।

सोमबार जनकपुरधाममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए। उनले मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबीसमेत गरे।

उनले भने, ‘आगामी मंसिर ४ मा हुने निर्वाचनले देश कता जाने भन्ने सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिनेछन्।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउन उनले आग्रह गरे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’