जनकपुरधाम – एमाले अध्यक्ष केपी शर्मा ओली एमाले कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन्।
जनकपुरधाममा सोमबार आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन्।
यद्यपि, उनले आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए।
उनले भने, ‘आफ्नै खुट्टामा उभन नसक्ने अनि सहारा लगाउने पार्टी होइन। एमाले आफ्नै खुट्टामा उभन् सक्छ र आफ्नै नीतिमा चल्छ, आफ्नो उद्देश्यमा चल्छ। जनताको साथ लिएर आफ्नै मुद्दामा चल्छ।’
उनले भने, ‘हामीले कहिलेकाही कुनै कुनै पार्टीको रेस्क्यु गरिदुनुपर्छ लोकतन्त्रमा। तालमेल हुन सक्ला तर गठबन्धन हुन सक्दैन्। यो अपवित्र कुरा हो। सिद्धान्तहिन, नीतिहिन, गन्तव्यहीन, बाटोहिन त्यस्तो गठबन्धन एमालेले नगर्ने हो।’
एमालेको गठबन्धन लोसपासँग हुने चर्चाकोबीच अध्यक्ष ओलीले गठबन्धन नगर्ने तर तालमेल गर्न सक्ने बताएका हुन्। अध्यक्ष ओलीले गठबन्धनका नेताहरुलाई निर्वाचनपछिको परिणाम थाहा छ.रहेकाले उनीहरुको अनुहारमा मुस्कानसमेत नरहेको बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































