आचारसंहिताविपरीत गतिविधि हुन नदिन सुक्ष्म अनुगमन गर्छौँः प्रमुख आयुक्त थपलिया

आचारसंहिताविपरीत गतिविधि हुन नदिन सुक्ष्म अनुगमन गर्छौँः प्रमुख आयुक्त थपलिया
+
-

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधिहरु हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताए।

सोमबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरुले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ताभित्र पुनरावलोकन गरी सार्वजनिक गर्ने जानकारीसमेत दिए।

उनले भने, ‘निर्वाचनमा दल र उम्मेदवारबाट हुनसक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरीतका खर्चहरु छन्। त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं त भनिहालेँ मैले। सुक्ष्म अनुगमन गर्छौं भनेका छौँ। केही विवरणहरु हामीले लिएकै छौँ। तैपनि दलहरु र उम्मेदवारहरुले नै स्पष्ट भइदिए हामीलाई अनुमगन गर्ने झन्झट नै हुँदैन थियो।’

आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही भदौ ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताए।

उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?