झलनाथको झटारोः संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए

झलनाथको झटारोः संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे।

ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक रुपमा परमादेश गरेर ब्युँत्याइएको भन्दै बचाउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जसले जे बोले पनि हुने भन्दै’ जवाफ फर्काए।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि संसद बचाइदिएका कारण नै ओलीले भाषण गर्न भएको भन्दै व्यंग्य गरे।

उनले भने, ‘अघि विपक्षी दलका नेताले यहाँ भाषण गर्नुभयो। हामीले संसद बचाइदिएकाले नै उहाँले बोल्न पाउनुभयो। नत्र झापामा गएर बोल्नु पर्थ्यो, कसले सुन्थ्यो उहाँको कुरा?’

अब गठबन्धन संस्कार


सम्मानित नेता खनालले देशमा गठबन्धनको आवश्यकता झन् बढ्दै गएको जिकिर गरे। उनले निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत आउन नसक्ने भएकाले गठबन्धन अनिर्वाय भएको उल्लेख गरे।

कांग्रेससँगको गठबन्धनप्रति खासै इच्छुक नरहेका खनाल शनिबार भने खुलेर पक्षमै बोले। ‘निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत ल्याउन सकिँदैनँ।

नेपाल अब गठबन्धन संस्कारको सुरुवात भयो,’ खनालले अगाडि भने, ‘गठबन्धन मिलेर नै ठूला काम भएका छन्। २००७, २०४६, २०६३ को आन्दोलन गठबन्धनकै कारण सफल भएको हो। २०७४ मा पनि गठबन्धन गरेरै दुई तिहाई बहुमत ल्याएको हो।’

उनले एमालेले राजावादी राप्रपासँग गठबन्धन गर्न लागेको भन्दै व्यंग्य गरे। खनालले भने, ‘गठबन्धन त सबैले गर्छन् तर कोही गणतन्त्रवादीसँग गर्छन्, कोही राजावादी राप्रपासँग। हामी कांग्रेससँग गठबन्धन गर्छौँ। मैंले त वामपन्थी मिऔँ भनेको हो, तर ठूलो दलको नेता भन्ने नै त्यसका लागि तयार भएनन्।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’