काठमाडौँ – एकीकृत समाजवादीले पनि समानुपातिक सांसदलाई नदोहोर्याउने भएको छ।
एमाले, कांग्रेस, माओवादीले यसपटक प्रदेश तथा प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकाहरुलाई फेरि उम्मेदवार नबनाउने निर्णय गरेका थिए। आइतबार र सोमबार बन्द सूची बुझाउने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ।
समाजवादीले शनिबार समानुपातिक उम्मेदवार छान्ने मापदण्ड सार्वजनिक गरेको छ।
महासचिव डा. बेदुराम भुसालले समानुपातिक उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्।


                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































