मतदान गर्न १३ घण्टा हिड्नुपर्ने बाध्यता हट्यो

मतदान गर्न १३ घण्टा हिड्नुपर्ने बाध्यता हट्यो
+
-

सिमकोट – जिल्लामै दुुर्गम गाउँमा पर्ने ताँजाकोट गाउँपालिका–३ को मासपुुरवासीले अब गाउँ १३ घण्टासम्म पैदल हिडेर मतदान गर्नु पर्ने बाध्यता हटेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि गाउँको विद्यालयमा मतदान स्थल तोकेपछि एक दिन हिडन्पर्ने बाध्यता हटेको हो।

निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुुर रानाका अनुुसार आयोगले यसपटक जिल्लाको मागलाई पुरा गरेर बाना देब आधारभूत विद्यालयलाई मतदान स्थल कायम गरेको छ। यसअघि मासपुरका मतदाताले वडाकै कैलाश आधारभुत विद्यालय थापा गाउँमा पुुगेर मतदान गर्दै आएका थिए।

२०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनमा जिल्लाबाट मासपुरका लागि छुट्नै मतदान केन्द्र माग हुँदै आएको थियो। उनले अब मासपुरमै मतदात स्थल र केन्द्र स्थापना भएपछि त्यहाँका मतदाताहरुलाई सहज भएको बताए।

मासपुुरमा २३ पुुरुष र २७ महिला गरि पचास मतदाता भएको बताउँदै उनले बाध्यता र आवश्यकता आयोगले बुुझेको जानकारी दिए। २०७९ वैशाख ३० गतेको निर्वाचनका लागि पनि मासपुरका लागि मतदान केन्द्र माग गरिएको भए पनि आयोगबाट त्यति बेला माग पुरा हुन सकेको थिएन।

मासपुर गाउँका स्थानीय दानबहादुुर बुढाले पछिल्लो आयोगको निर्णय जानकारी पाएपछि मासपुुरवासी खुली भएको बताए। आयोगले मासपुुरको समस्या बुुझेर जसरी मतदान केन्द्र कामय गरि दिएको छ, त्यसप्रति मासपुरवासी आभारी रहेको उनको भनाई छ।

अब यसअघिका निर्वाचनमा मासपुरका मतदाताहरुले ९ देखि १३ घण्टा पैदल हिँडेर मतदान गर्नुपर्ने बाध्यता हटेको छ। गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा साना नानी भएका महिला र पैसट्टी वर्ष उमेर कटेका मतदाताले मतदान केन्द्र पुुग्न उक्त समय लगाएका थिए।

उनले निर्वाचनमा वडा सदस्यमा गाउँकै उम्मेदवार भएको कारण सवै मतदाता मतदानमा भाग लिन गएको बताए। यसअघिको मतदान केन्द्रमा पुुग्न मासपुरका मतदातालाई बिचमा बास बस्ने ठाउँ नभएको कारण जति समय लागेपछि पुुग्नै पर्ने बाध्यता रहेको थियो।

निर्वाचनमा मतदान गर्न तीन दिन समय लगाउनुु पर्ने र त्यो संगै आर्थिक ब्यहभारबाट समेत मासपुरावासीलाई मुक्ति मिलेको छ। गत स्थानीय निर्वाचन अघि २३ घरधुरी भएको मासपुर गाउँबाट प्रतिघर एक जना मात्र मतदाता मतदान गर्न जाने गर्थेे।

मासपुरको जनसंङ्ख्या भने १२० जना रहेको छ। गाउँपालिका अध्यक्ष लालकेश जैसीले मासपुरवासीले माग गर्दै आएको २९ वर्षपछि निर्बाचन आयोगले आगामी मङ्सीर ४ गते हुन गई रहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनका लागि नयाँ मतदान केन्द्र कायम गरेकोमा आयोगलाई धन्यवाद दिदै खुसी ब्यक्त गरे ।

उनले खासमा २०५१ सालको मध्यावती निर्वाचनबाटै मासपुरका लागि गाउँमै मतदान केन्द्र माग गरिएको भएपनि त्यो पुरा हुन नसकेको बताए। ढिलो भएपनि राम्रो भएको बताउदै उनले आयोगले मासपुरको समस्या बुुझेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?