काठमाडौँ– नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ता सहमहामन्त्री जीवन परियार बनेका छन्।
बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए। समितिको पहिलो बैठक हिजो बसेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































