आयोगले सोध्योः लौरोलाई किन स्वतन्त्र उम्मेदवारको चिन्ह भनेको?

आयोगले सोध्योः लौरोलाई किन स्वतन्त्र उम्मेदवारको चिन्ह भनेको?
+
-

काठमाडौँ – निर्वाचन आयोगले लौरो चुनाव चिन्हलाई स्वतन्त्रको चिन्ह भन्दै प्रचार गरिएको भन्दै प्रष्टीकरण सोधेको छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएका स्वतन्त्र उम्मेदवारले जितेका थिए। काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले जितेपछि लौरो चिन्ह एकाएक लोकप्रिय भयो।

त्यही मौका ‘हाम्रो नेपाली पार्टी’ले उक्त चिन्ह दाबी गर्दै दल दर्ताका लागि निवेदन दियो। आयोगले एकाएक चर्चित बनेको लौरो चुनाव चिन्हसहित ‘हाम्रो नेपाली पाटी’लाई मान्यता दियो।

उक्त पार्टी अहिले लौरो चिन्हलाई ‘स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह’ भन्दै प्रचार गरेको भन्दै निर्वाचन आयोगले अध्यक्ष अनन्तराज घिमिरेलाई प्रष्टीकरण सोधेको हो।

दललाई प्रदान गरिएको चिन्हलाई स्वतन्त्रको भन्दा आम सर्वसाधरणमा भ्रम सिर्जना गरेको र उक्त चिन्ह खारेजीको माग निवेदनसमेत परेको आयोगले जनाएको छ।

अध्यक्ष घिमिरेलाई लेखेको पत्रमा आयोगले उल्लेख गरेको छ, ‘हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेको अवस्थामा उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको हुँदा सो चिन्ह खारेजीको मागसमेत गरी आयोगमा उजुरी निवेदन प्राप्त हुन आएको छ।’

आयोगले दलले लौरो चिन्ह पाइसकेको अवस्थामा त्यसलाई स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो भन्दै प्रचार गर्दा चुनावको स्वच्छ प्रतिष्पर्धा हुन नसक्ने जनाउँदै तीन दिनभित्र जवाफ पेश गर्न भनेको छ।

आयोगले अध्यक्ष घिमिरेलाई चार बुँदामा प्रष्टीकरण सोधेको हो।

यस्तो छ आयोगले सोधेको प्रष्टिकरण

१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा ९६० मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ स्वतन्त्र उम्मेदवारलाई आयोगले निकट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ भन्ने कानूनी व्यवस्था रहेकोमा तपाईंको दललाई प्रदान गरिएको निर्वाचन चिन्ह सौरो तपाई बलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका नेपाल व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकोले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्नु भएको हो?

२. तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीतफको बन्दसूची समेत पेश गरी निर्वाचन चिन्ह लौरो समेत प्रदान गरिसकिएकोमा लौरी चिन्ह स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हु भनी के कुन आधारमा प्रचार प्रसार गर्नु भएको हो? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन?

३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा ९३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा ९३० मा आयोगले राजनीतिक दल वा उम्मेदवारलाई निर्धारण गरिएको निर्वाचन चिन्ह दलका उम्मेदवार वा दस बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन भन्ने कानूनी व्यवस्था रहेकोमा लौरो चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने अधिकार तपाई र तपाईको दसलाई कुन कानूनले प्रदान गर्यो ?

१४। दलको चिन्ह स्वतन्त्र उम्मेदवारको चिन्ह हो भनी प्रचार प्रसार गर्ने कार्य कानून विपरीत भई यस्ता नामक कार्यले मतदाता र सर्वसाधरणमा अन्योलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकल प्रभाव पार्ने हुँदा तपाईं र तपाईंको दललाई किन कारबाही नगर्ने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?