निर्वाचन आचारसंहिताबारे आयोगसँग प्रधानमन्त्रीलगायत नेताहरुको छलफल सुरु

निर्वाचन आचारसंहिताबारे आयोगसँग प्रधानमन्त्रीलगायत नेताहरुको छलफल सुरु
+
-

काठमाडौँ–निर्वाचन आयोगले आगामी आम निर्वाचनको लागि लागू गर्ने आचारसंहिताबारे राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।

जमल कान्तिपथस्थित आयोगको कार्यालयमा केहीबेरअघि छलफल सुरु भएको आयोगले जानकारी दिएको छ।

आइतबार संघीय संसद तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत आयोगले निमन्त्रणा गरेका सवै राजनीतिक दलका नेता तथा पदाधिकारी सहभागी छन्।

आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गरेपछि लागू हुनेछ ।

त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल सुरु गरेको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’