कांग्रेसका भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता

कांग्रेसका भट्टराई र यादवले लिए समानुपातिकबाट नाम फिर्ता
+
-

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको सूचीबाट नाम फिर्ता लिएका छन् । उनले सोमबार दिउँसो जमल कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर समानुपातिकबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

कांग्रेसले उनको नाम खस-आर्य पुरुषतर्फ चौथो नम्बरमा राखेको थियो । तनहुँ -१ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफारिस भएका भट्टराईलाई समानुपातिकमा राखिएको थियो ।

सत्ता गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने भएपछि भट्टराईलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको थियो । तर उनले तनहुँ- १ बाटै प्रत्यक्ष चुनाव लड्ने भन्दै नाम फिर्ता लिएका छन् ।

यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र कांग्रेस केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन्।

पार्टीले कायम गरेको विधि विपरित बन्द सूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले नाम फिर्ता लिएको उनले बताए । कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ- ३ नम्बर राखेको थियो ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’