निवर्तमान प्रवक्ता पाठकले पनि छाडे विवेकशील साझा

निवर्तमान प्रवक्ता पाठकले पनि छाडे विवेकशील साझा
+
-

काठमाडौँ – विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।

कार्यसम्पादन समिति सदस्यसमेत रहेका पाठकले सोमबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन्।

पूर्व अध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन्, तर मिश्रकै बाटोमा राप्रपामा जाने कि नजाने भन्ने अलमलमा रहेको निकटवर्तीहरू बताउँछन्।

‘विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुनः एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

उनले राजीनामा पत्रमा लेखेका छन्,‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ बर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’