आरजुले हारेपछि कारबाहीमा परेका ओझा कैलाली–५ बाट स्वतन्त्र लड्ने

आरजुले हारेपछि कारबाहीमा परेका ओझा कैलाली–५ बाट स्वतन्त्र लड्ने
+
-

धनगढी – पूर्वराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता पुष्करनाथ ओझाले प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

ओझाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने बताए।

यसअघि २०७४ मा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उठेकी आरजु राणा देउवालाई असहयोग गरी पराजित गरेको भन्दै ओझालाई दुर्ई वर्षअघि कांग्रेसले कारवाही गरेको थियो।

पत्रकारसँग उनले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको बताउँदै आसन्न निर्वाचनमा आफू सर्वदलीय उम्मेदवारका रुपमा स्वतन्त्र भएर उठ्न लागेको जानकारी दिए।

उनले भने, ‘म सर्वदलीय हुन चाहान्छु । मैले उठाएको प्रश्न सर्वदलीय होस्। यो एक पार्टीको मात्र समस्या होइन। सबै दलहरुको हो।’

उनले आफू कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने भन्दै त्यसका बिरुद्ध धनगढीबाट विद्रोहको सुरुवात भएको बताए।

नेता ओझाले आफू कुनै एक पार्टीको मात्र विद्रोही नभएर सबैको साझा उम्मेदवार भएको दाबी गरे।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए। आरजु एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’