एमाले राप्रपाबीच तालमेलको अन्तिम टुंगो भोलि लाग्ने

एमाले राप्रपाबीच तालमेलको अन्तिम टुंगो भोलि लाग्ने
+
-

काठमाडौँ – एमाले र राप्रपाबीचको चुनावी तालमेल करिब सहमति नजिक पुगेको छ।

शुक्रबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोट पुगेर कुराकानी गरेका हुन्।

दुई पार्टीबीच चुनावी तालमेल गर्ने कुरा यसअघि नै निश्चित भइसकेको अवस्थामा शुक्रबारको छलफलले त्यसलाई थप अघि बढेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले पाउने सिट संख्याको विषयमा छलफल भए पनि टुंगो लागि नसकेको उनले बताए।

प्रवक्ता श्रेष्ठले भने, ‘भोलि फेरि बसेर सिट संख्या र क्षेत्र टुंग्याउँछौँ। कति पाउने भन्नेबारे अहिले सार्वजनिक नगरौँ भन्ने भएको छ। सकेसम्म हामी धेरै लिने एमाले थोरैमा चित्त बुझाओस् भन्नेमा छ।’

झापामा भने दुई दलबीच चुनावी सहकार्य गर्ने सहमति जिल्लास्तरमै भएको छ। झापा ३ मा अध्यक्ष लिङ्देनलाई छाड्न एमाले तयार भएको छ। नेताहरुका अनुसार राप्रपाले करिब एक दर्जनभन्दा बढी सिट पाउने मोटामोटी सहमति भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?