मनोनयनको मिति सार्न दलहरुको आग्रह

मनोनयनको मिति सार्न दलहरुको आग्रह
+
-

काठमाडौँ – दलहरुले आइतबार हुने मनोयनको मिति सारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

दुईवटा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेका दलहरु सिट बाँडफाँड गर्न मुुस्किल परेपछि मनोनयनको मिति नै केही दिन सारिदिन आग्रह गरेका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आयोगले आइतबार (असोज २३)का लागि मनोनयनकोे मिति तय गरेको छ। आयोगका एक आयुक्तले सबै दलले मनोयनको मिति सारिदिन आग्रह गरेको जानकारी दिए।

ती आयुक्तले भने, ‘सबै दलबाट नै मनोयनको मिति केही दिन पर सारिदिनुपर्यो भन्ने आग्रह आएको हो।’ तर आयोगले दलहरुको आग्रहलाई अस्वीकार गरेको छ।

ती पदाधिकारीले भने, ‘आग्रह आउनुु स्वभाविक हो। तर आयोग आफ्नो पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अघि बढ्छ। त्यसमा तलमाथि हुँदैन।’

पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएपछि चार दलीय गठबन्धन बनेको सत्ता पक्षीय दलले लगातार छलफल गरे पनि सिट बाँडफाँडको टुंगोे लगाउन सकेका छैनन्। अझ पछिल्लो सयम दिनरात बालुवाटामार बैठक गरे पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृृत समाजवादी र जनमोर्चाले सिट बाँडफाँडको छिनोफानो गर्न सकेका छैनन्।

एमाले पनि जसपा र राप्रपालाई गठबन्धनमा लिएर चुनावी तालमेल गर्ने कोसिस गरिरहेको उसले पनि सिट बाँडफाँट टुंग्याएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?