प्रचण्डविरुद्ध गोरखा २ मा उम्मेदवारी दिने माधवी भट्टको घोषणा

प्रचण्डविरुद्ध गोरखा २ मा उम्मेदवारी दिने माधवी भट्टको घोषणा
+
-

काठमाडौँ – चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्।

शुक्रबार राति देश सञ्चारसँग कुराकानी गर्दै भट्टले आफू प्रचण्डविरुद्ध चुनाव लड्न जन्मस्थन गोरखा जाने बताइन्। दाहालले कांग्रेसको जनमतमाथि पटक पटक खेलवाड गरेकाले त्यसका विरुद्ध आफू उठ्न लागेको भट्टको भनाइ छ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना पिताजीकोे त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्। कांग्रेसको सक्रिय राजनीतिमा रहेकी भट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।

उनले फेसबुकमा लेखेकी छिन्

प्रचण्ड विरुद्द मेरो उम्मेदवारी
गोर्खाले मलाइ न्याय गर्नेछ ।
गोर्खा क्षेत्र नं २ वाट प्रचण्ड विरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छु । जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउनेछु । गोर्खा क्षेत्र नं २ मेरो जन्मस्थान मात्र होइन । त्यहाँको नेपाली काँग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी छ ।

प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने, छाडे चितवन–३

बिस २०५१ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको मेरो बुबाले करिब १० वर्ष भारतमा प्रवास र पटक पटक नेपालको जेल जीवन बिताउनु भएको छ । म त्यही हुर्के बढेको हुँ । मलाइ लाग्छ निष्ठावान् व्यक्तिहरूले अहिंसाका पक्षधर मेरो पिताको सङ्घर्षपूर्ण सुस्केराहरूलाई भुलेका छैनन्। मेरो क्षमता र निष्ठालाई अनुमोदन गर्नेछन् भन्ने विश्वास लिएको छु ।

असल र संघर्षशील मानिसहरूको राजनीतिक जीवन हत्या गर्न पार्टीका नेताहरू लाग्छन् भने अन्तरात्माको भाव सुनेर सही निर्णय लिन पछि हट्न हुन्न । बिपीले भन्नुभएको छ गलत कामको विरुद्ध बोल्न नसक्नेहरू कार्यकर्ता होइनन् दास हुन । मैले दास बन्न चाहिन।
जय नेपाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?