सुनसरीमा ५ लाख ४४ हजार मतदाता

सुनसरीमा ५ लाख ४४ हजार मतदाता
+
-

सुनसरी जिल्लामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ५ लाख ४४ हजार ९ सय ४१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर २ मा सर्वाधिक १ लाख ४९ हजार ५ सय ६६ जना मतदाता रहेका छन् । सो क्षेत्र अन्तर्गत प्रदेश सभा तर्फ १ मा इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, रामधुनी नगरपालिकाको दुई वटा वडाबाट गरि कुल ८० हजार ४ सय ३७ मतदाता छन् ।

त्यसैगरी, प्रदेश सभा २ मा इनरुवा नगरपालिकाको विभिन्न ६ वटा वडा, देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको ४ वटा वडा र हरिनगरा गाँउपालिकाको ३ नम्बर वडाबाट गरी कुल ६९ हजार १ सय २९ मतदाता रहेका छन् । कार्यालयले शनिबार दिएको जानकारी अनुसार सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ४१ हजार ८ सय ७८ मतदाता रहेका छन् । सो क्षेत्रको प्रदेश सभा १ मा धरान उपमहानगरपालिकाको विभिन्न १५ वटा वडाबाट ७१ हजार ३ सय ४० र प्रदेश सभा २ तर्फ धरानकै ५ वटा वडा, बराह नगरपालिकाको ५ वटा वडा, र रामधुनी नगरपालिकाको २ वटा वडा बाट कुल ७० हजार ५ सय ३८ मतदाता संख्या रहेका छन् ।

१ लाख २८ हजार ६५ मतदाता रहेको क्षेत्र नम्बर ४ को प्रदेश सभाको १ तर्फ ६७ हजार ६ सय ३३ मतदाता रहेको कार्यालयले जनाएको छ । प्रदेश सभा १ मा कोशी गाउँपालिका, रामधुनी नगरपालिकाको ४ नम्बर वडा र बराह नगरपालिकाको विभिन्न ६ वटा वडा छन् ।

त्यसैगरी, प्रदेश सभा २ तर्फ इनरुवा नगरपालिकाको ३ वटा वडा, भोक्राह नरसिंह गाउँपालिका, र हरिनगरा गाँउपालिकाको विभिन्न ६ वटा वडा कार्यालयबाट ६० हजार ४ सय ३२ जना मतदाता छन्।

जिल्लामा सबैभन्दा कम मतदाता संख्या क्षेत्र नम्बर ३ मा रहेको कार्यालयले जनाएको छ । कार्यालयले सो क्षेत्रमा कुल १ लाख २५ हजार ४ सय ३२ मतदाता रहेको जनाएको छ । जसमा प्रदेश १ तर्फ इटहरी उपमहानगरपालिकाको विभिन्न १० वटा वडा, इनरुवाको वडा नम्बर ७, गढी गाँउपालिकाको १ नम्बर वडा र दुहबी नगरपालिकाको ५ वटा वडाबाट ६१ हजार ८ सय १० मतदाता रहेकाछन् । सो क्षेत्रको प्रदेश सभा २ तर्फ गढी गाँउपालिकाको ६ वटा वडा, दुहबी नगरपालिकाको ७ वटा वडा, र बर्जु गाँउपालिकाबाट गरी ६३ हजार ६ सय २२ मतदाता संख्या छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?