मोरङमा कांग्रेसबाट को-को उम्मेदवार?

मोरङमा कांग्रेसबाट को-को उम्मेदवार?
+
-

आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मोरङको बाँकी रहेको क्षेत्र र प्रदेशको विषय टुंगो लगाउन शीर्षस्तरीय बैठक काठमाडौंमा जारी रहेको छ।

नेपाली कांग्रेस प्रदेश १ कार्य समितिका एक पदाधिकारीका अनुसार मोरङ क्षेत्र नम्बर ३, ४, ५, ६ को प्रदेश सभाको उम्मेद्वारको विषयमा घनिभूत छलफल चलिरहेको छ।

यसक्रममा मोरङ क्षेत्र नम्बर ३ को ‘ख’ मा सूयर्माराज राई, क्षेत्र नम्बर ४ को ‘क’ मा दिलीप गच्छदार, ‘ख’ मा गुरुराज घिमिरेको सम्भावना बलियो भएको उनको भनाइ छ । त्यसैगरी क्षेत्र नम्बर ५ को ‘क’ मा गयानन्द मण्डल र ‘ख’ मा राजेश गुप्ता र क्षेत्र नम्बर ६ को ‘ख’ मा डा. डिला संग्रौला र केदार कार्कीको नाममा छलफल चलिरहेको उनले जानकारी दिए ।

डा.संग्रौला यसअघि समानुपातिकबाट प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेकी थिइन् ।

आइतबार असोज २३ गते निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन गरिसक्नेपर्ने हुँदा शनिबार अबेरसम्म भएपनि थाती रहेका नाम टुंग्याउन बैठक प्रयासरत रहेको छ ।

क्षेत्र नम्बर ३ मा सूनिल शर्मा प्रतिनिधिसभातर्फबाट उम्मेद्वार चयन भइसके पनि ‘ख’ तर्फ यसअघिका प्रदेश सांसद राईले आफ्नो अडान कायम राखेका छन् । यसक्रममा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली पनि प्रदेशको टिकट आफूले पाउनुपर्ने दाबीसहित लबिङमा रहेका छन् ।

प्रदेश पदाधिकारीका अनुसार छलफल भइरहँदा नाम प्रस्ट भएका लागि केन्द्रले टिकट उपलब्ध गराउने र छलफल टुंगिने अवस्था नभए आइतबार भोलि केन्द्रले नै निर्वाचन आयोगलाई वा सम्बन्धित क्षेत्रलाई पत्र पठाउने तयारी भइरहेको छ ।

मोरङको क्षेत्र नम्बर ६ को ‘क’ मा भने नेकपा माओवादीतर्फको उम्मेदवारका लागि गठबन्धनबीच पनि छलफल भइरहेको छ। अघिल्लोपटक नेपाली कांग्रेसका चुमनारायण तबदारले जित हासिल गरेको क्षेत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पारिवारिक सदस्य जीवन आचार्यको दाबी रहेको छ ।

२०७४ को प्रदेश सभा निर्वाचनमा आचार्य तबदारसँग २ हजार ४३ मतान्तरले पराजित भएका थिए ।

हालसम्म मोरङमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर ३ मा सूनिल शर्मा, क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाको नाम चयन भइसकेको छ ।

क्षेत्र नम्बर २ मा डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाममा छलफल भइरहेको छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा डा. रिजाल मोरङमा कांग्रेसतर्फका एकमात्र विजयी उम्मेदवार हुन् ।

यसपटक भने सो क्षेत्रमा कोइरालाले पनि इच्छा देखाएपछि नाम निर्क्यौल गर्न शीर्षतहमा सकस भइरहेको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?