
धनगढी- नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संघीय सांसदकाे उम्मेद्वार बनाएकाे छ ।
पार्टी स्रोतका अनुसार अनुसार कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा रेशम चाैधरीकी श्रीमती एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेश सभा ‘क’ मा कैलाश चौधरी, प्रदेश सभा ‘ख’ मा लक्ष्मणकिशोर चौधरीलाई उम्मेदवार बनाउने भएको छ।
क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा अरुण चौधरी, प्रदेश सभा ‘क’ मा रतन थापा, प्रदेश सभा ‘ख’ मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ।
अरुण चाैधरी कांग्रेस परित्याग गरी नागरिक उन्मुक्तिमा गएका हुन् भने प्रदेशमा उम्मेद्वार बनेका रतन थापा नेकपा एमाले कैलालीका निर्वाचित अध्यक्ष हुन् तर उनलाई एक महिनाअघि मात्र एमालेले कार्वाही गरेकाे थियाे ।
यस्तै क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी, प्रदेश सभा ‘क’ मा धनश्याम चौधरी, प्रदेश सभा ‘ख’ मा खुशीराम चौधरीलाई उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यमा कैया चौधरी, प्रदेश सभा ‘क’ मा राजेन्द्र देवकोटा, प्रदेश सभा ‘ख’ कमलराज भाटलाई उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर ५ एबं हाल प्रदेशकाे राजधानी रहेकाे धनगढी क्षेत्रमा प्रतिनिधि सभामा लक्ष्मण चौधरी र प्रदेश सभा ‘क’ मा श्रीराम चौधरी र प्रदेश सभा ‘ख’ मा गोठु चौधरी उम्मेदवार बन्ने पार्टीले टुंगो लगाएको हाे ।