
काठमाडौँ – कांग्रेसले मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई पन्छाएर सुजता कोइरालालाई टिकट दिएको छ।
अघिल्लो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्दा पनि वाम गठबन्धनलाई पराजित गरेका रिजाललाई यसपटक सभापति शेरबहादुर देउवाले टिकट नै नदिएका हुन्।
शेखर कोइराला खेमाका रिजाललाई पन्छाएर देउवाले त्यहीँ समूहकी गिरिजा पुत्रीलाई टिकट दिएका हुन्।
त्यस्तै मोरङ क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर ३ मा सुनिल शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाले टिकट पाएका छन्।