
काठमाडौँ – प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका कांग्रेस महामन्त्री गगन थापाले कहाँबाट चुनाव लड्ने भन्ने निर्णय गर्न सकेका छैनन्।
मनोयन दर्ता सुरु हुन डेढ घण्टा मात्रै बाँकी रहँदा पनि थापाले काठमाडौँ ४ वा सर्लाही ४ कहाँबाट उठ्ने निर्णय लिन सकेका छैनन्।
रातभर बालुवाटारमा छलफलमा जुुटेका थापाले बिहान ८ बजेसम्म उपलब्ध दुई क्षेत्रमध्ये कहाँबाट उम्मेदवारी दिने भन्ने निष्कर्षमा पुग्न नसकेका हुन्। अघिल्ला दुई चुनाव काठमाडौँ ४ बाट जितेका थापा यसपटक त्यहाँ असुरक्षित महसुस गर्दै सर्लाही ४ को विकल्पमा लागेका छन्।
शनिबार दिउँसो थापाले सर्लाही ४ र राति थापाले काठमाडौँ ४ बाटै उम्मेदवारी दिने बताइ पनि अर्झ निश्चित भइसकको छैन।
सर्लाही कांग्रेसका सभापति सुरेन्द्र सिंहले आफूहरु अझै पनि थापाको पर्खाइमा रहे पनि ठोस जवाफ नआएको देश सञ्चारलाई बताए। उनले बिहान ८ बजे देश सञ्चारसँग भने, हामीले एकल सिफारिस गरेर उहाँलाई नै चाहेका हौँ। तर अहिलेसम्म आउने नआउने केही जवाफ दिनुभएको छैन।’
यता काठमाडौँ ४ का कार्यकर्ता पनि अन्योलनमा परेका छन्।
उनका स्वकीय सचिव सुमन मुडवरीले थापाले काठमाडौँ ४ बाटै उम्मेदवारी दिने दाबी गरे। उनले सामाजिक सञ्जाल फेसबुुकमार्फत् भनेका छन्, ‘धेरैले सोध्नुभयो महामन्त्री गगन थापा ज्यु कहाँबाट चुनाव लड्ने? आफ्नो ठाँउ काठमाडौ क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने,यो ठाँउ छोडेर अन्त जाने कुरा न त सोच्न सकिन्छ न त सोचिन्छ नै। हल्लाको पछि नलागौ। जय नेपाल’