प्रतिनिधिसभाका लागि धनुषामा आज आधा दर्जन पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराउँदै

प्रतिनिधिसभाका लागि धनुषामा आज आधा दर्जन पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराउँदै
+
-

जनकपुरधाम – धनुषाको विभिन्न निर्वाचन क्षेत्रमा आधा दर्जनभन्दा बढी पूर्वमन्त्रीहरूले प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन लागेका छन् ।

चार वटा निर्वाचन क्षेत्र रहेको धनुषाको सबै निर्वाचन क्षेत्रबाट पूर्वमन्त्रिहरूले विभिन्न पार्टीबाट आज उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराउन लागेका छन् ।

उनको विपक्षमा एमाले-जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले टिकट पाएका छन् । गत निर्वाचनमा यहाँ माओवादी केन्द्रबाट मातृका यादव निर्वाचित भएका थिए ।

यस्तै, धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दिन लागेका हुन् भने उनको विपक्षमा पूर्वमन्त्री हालै एमाले प्रवेश गरेका उमाशंकर अरगरिया उम्मेदवारी दिन लागेका हुन् ।

यस्तै, जसपाबाट गंगाराम यादवले टिकट पाएका छन् । धनुषा २ मा एमाले र जसपा मित्रवद्ध प्रतिस्पर्धा गरिरहेको छ । धनुषा २ मा तत्कालिन राजपा नेपालबाट अरगरीया निर्वाचित भएका थिए ।

यसैगरी, धनुषा क्षेत्र नं. ३ मा सत्तागठबन्धनको तर्फबाट पूर्वमन्त्री एवम् लोसपाका नेता अनिलकुमार झा उम्मेदवारी दिन लागेका हुन् ।

उनको विपक्षमा एमाले जसपाका गठबन्धनको तर्फबाट एमाले नेतृ एवम् पूर्वमन्त्री जुलीकुमारी महासेठले टिकट पाएकी छिन् ।

यहाँ गत निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र महतो निर्वाचित भएका थिए तर हाल उनी यो निर्वाचन क्षेत्र छाडेर सर्लाहीबाट उम्मेदवारी दिन लागेका हुन् ।

धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री रघुवीर महासेठ र नेपाली कांग्रेसको तर्फबाट पूर्वमन्त्री महेन्द्र यादवले उम्मेदवारी दिन लागेका हुन् ।

यहाँबाट गत निर्वाचनमा एमालेबाट महासेठ निर्वाचित भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?