तस्बिरमा हेर्नुहोस्, ललितपुर–३ मा उम्मेदवारहरुको मनोनयन

तस्बिरमा हेर्नुहोस्, ललितपुर–३ मा उम्मेदवारहरुको मनोनयन
+
-

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भइरहेको छ।

आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराइरहेका छन्।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा होमिएका छन्। यस्तै नेकपा एमालेले पनि जनता समाजवादी पार्टी र राप्रपासँग चुनावी तालमेल गरेको छ।

यसैबीच ललितपुर क्षेत्र नम्बर ३ मा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। उक्त क्षेत्रबाट माओवादी नेत्री एवं उर्जामन्त्री पम्फा भुषालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

भुषालले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी हुन्। २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

यस्तै नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि अमृत खड्काले उम्मेदवार दर्ता गराएका छन्। एमालेबाट प्रदेशसभातर्फ प्रेमभक्त महर्जन र रघुनाथ महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले प्रतिनधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

ललितपुर–३ मा उम्मेदवारहरुको मनोनयन दर्ताका क्रममा देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरुः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?