
दाङ – नेकपा एमालेकी नेत्री कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएकी छन्।
यस्तै एमालेबाट प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क)बाट घनश्याम पाण्ड र (ख)मा हुकुम बस्नेतले मनोनयन दर्ता गराएका छन्।
यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका दीपक गिरीले मनोनयन दर्ता गराएका छन्। यस्तै गठबन्धनबाट प्रदेशतर्फ (क)मा डिल्लीबहादुर चौधरी र (ख)मा माओवादीका राजेश मास्केको उम्मेदवारी दर्ता भएको छ।