
काठमाडौँ – राप्रपाको तर्फबाट मोरङ–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी रेखा थापालाई उनका पूर्वपति निर्माता छवि ओझाले जितका लागि शुभकामना दिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएकी राप्रपा नेत्री एवं अभिनेत्री थापालाई ओझाले बधाई तथा शुभकामना दिएका हुन्।
आफूले रेखालाई राम्रोसँग जानेको बताउँदै उनले यसपाली रेखाको जित हुनेमा आफू ढुक्क रहेको समेत बताएका छन्। साथै उनले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमताको प्रशंसासमेत गरेका छन्।
लामो समयसम्मको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका यी दुईले वैवाहिक सम्बन्ध टुंगिए पनि सम्बन्ध आत्मियता भने देखाएको पाइन्छ।
जन्मदिन, फिल्म रिलिज दिन होस् या अन्य केही विशेष दिन छवि र रेखाले एकअर्कालाई शुभकामना दिइरहेका हुन्छन्।