
जनकपुरधाम- जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
गत निर्वाचनमा समेत अध्यक्ष यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनीसँगै यस क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि गत निर्वाचनमा उनी मुलधारको धारको राजनीतिमा आएका थिएनन् ।