मविरुद्ध कुनियतले प्रचार भइरहेको छ, उचित समयमा बोल्ने छुः भीम रावल

मविरुद्ध कुनियतले प्रचार भइरहेको छ, उचित समयमा बोल्ने छुः भीम रावल
+
-

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफूविरुद्ध कुनियतले प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्।

नेता रावलले सोमबार साँझ ट्वीट गर्दै आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले आफू क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि अन्यायपूर्ण किसिमले हटाउँदा पनि चुप लागेको र उचित समयमा बोल्ने उल्लेख गरेका छन्।

रावलले ट्वीटरमा लेखेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका रावललाई टिकट नदिएर एमालेले झपट बोहोरालाई उम्मेदवार बनाएको छ। बोहोरा माओवादीबाट एमाले प्रवेश गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?