धनुषामा प्रतिनिधि सभाका लागि १०३ जनाको उम्मेदवारी, ८ पूर्वमन्त्री

धनुषामा प्रतिनिधि सभाका लागि १०३ जनाको उम्मेदवारी, ८ पूर्वमन्त्री
+
-

जनकपुरधाम – धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १०३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले निर्धारण गरेको समयावधिमा चार वटै क्षेत्रमा गरी १०३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशले जनाएको छ।

उम्मेदवारी दर्ता गराउनेमध्ये ८ जना पूर्वमन्त्री छन्। धनुषा निर्वाचन क्षेत्र नं. १ मा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनको तर्फबाट दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै क्षेत्र नं. २ मा पूर्व मन्त्री एवं एमालेका नेता उमाशंकर अरगरिया, नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रामकृष्ण यादव, नेकपा एसका नेता एवं पूर्व मन्त्री रामचन्द्र झा, एमाले–जसपा गठबन्धनको तर्फबाट गंगाराम यादवले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा १६ जनाले विभिन्न पार्टी एवं स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट लोसपाका नेता एवं पूर्व मन्त्री अनिल कुमार झा, जसपा एमाले गठबन्धनको तर्फबाट एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोसहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, क्षेत्र नं. ४ मा एमालेका सचिव एवं पूर्व मन्त्री रघुवीर महासेठ, कांग्रेसका नेता एवं पूर्व मन्त्री महेन्द्र यादवसहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रदेशतर्फ धनुषा १ को ‘क’ मा १४ जना, ‘ख’ मा १४ जना, २ को ‘क’ मा १४ जना र ‘ख’ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा ३ को ‘क’ मा २० जना र ‘ख’ मा २७ जना तथा ४ को ‘क’ मा १९ जना र ‘ख’ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?