
काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ। जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन्।
नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ। सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ।
माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ। जसमा महीन्द्र राय यादव सर्लाही–२ र मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट उम्मेदवार बनेकी छन्।
यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ। प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन्।
यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन्।