हुम्लामा तीन जनाको उम्मेदवारी फिर्ता

हुम्लामा तीन जनाको उम्मेदवारी फिर्ता
+
-

सिमकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि मनोनयन दर्ता गराएका हुम्लाका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका एक जना र प्रदेशसभातर्फ दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कर्णजित बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै प्रदेशसभा सदस्यका लागि प्रदेश निर्वाचन क्षेत्र (क) बाट उम्मेदवारी दिएका ध्रुवबहादुर शाही र (ख)बाट उम्मेदवारी दिएका बली रावतले पनि उम्मेदवारी फिर्ता लिएका हुन्। स्वतन्त्र उम्मेदवारी दिएका शाही र रावत दुबै जना माओवादी केन्द्र निकट हुन्।

अब हुम्लामा प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका छिरिङ डम्डुल लामा, एमालेबाट दलबहादुर रावल र राप्रपाबाट तेजबहादुर रावतबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै प्रदेशतर्फ (क)मा गठबन्धनबाट रणसिंह परियार, एमालेबाट दलबहादुर फडेरा, राप्रपाबाट डापे ऐडी, नेकपा एकीकृत समाजवादीबाट हस्तबहादुर शाही र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीको उम्मेदवार छन्। मंगलबहादुर कांग्रेसका बागी हुन्।

क्षेत्र (ख)मा गठबन्धनबाट कांग्रेसका जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, जनता समाजवादी पार्टीका बलीराज शाही, राप्रपाका नैनसिंह रावत र राप्रपा नेपालका सुमन रावतको उम्मेदवारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?