प्रतिनिधिसभाका ३ क्षेत्रबाट एमालेको उम्मेदवारी फिर्ता

प्रतिनिधिसभाका ३ क्षेत्रबाट एमालेको उम्मेदवारी फिर्ता
+
-

काठमाडौँ – एमालेले प्रतिनिधिसभाका ३ क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार १ बजेसम्म दिएको समय सदुपयोग गर्दै एमालेले अरु दल र उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ता गरेको हो।

उम्मेदवारी फिर्ता लिएर एमालेले कांग्रेस विपी, विद्रोही कांग्रेस, राप्रपा र हृदयेश त्रिपाठीका लागि ठाउँ खाली गरिदिएको छ।

पार्टीले डडेलधुरामा चक्र वहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिएर कांग्रेस विपीका कर्ण मल्ललाई समर्थन गरेको छ। गठबन्धनबाट डडेलधुरामा कांग्रेस सभापति देउवा प्रतिस्पर्धा गर्दैछन्।

धादिङ २ मा राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन गर्ने भएपछि प्रदेशमा एमालेका धनवहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्बर घलेलाई समर्थन गरेको छ।

जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट फिर्ता गराएको छ। त्यहाँ गठबन्धनका उम्मेदवारका रुपमा विनोद चौधरी उम्मेदवार छन्।

त्यस्तै चितवन क्षेत्र नम्बर ३ मा रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता गराएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?