उपगठबन्धनको निर्णय गठबन्धनलाई अमान्य, सर्लाही २ मा यादवलाई सघाउने

उपगठबन्धनको निर्णय गठबन्धनलाई अमान्य, सर्लाही २ मा यादवलाई सघाउने
+
-

काठमाडौँ – सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ।

चार दलीय गठबन्धनले विज्ञप्ति जारी गर्दै लोसपाका राजेन्द्र महतोलाई पन्छाउँदै यादवलाई सर्लाही २ मा आधिकारिक उम्मेदवार मान्ने निर्णय गरेको हो। यसअघि कांग्रेस र लोसपाबीच सर्लाही महतोका लागि छाड्ने र मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो।

तर चार दलीय गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेस लोसपाको निर्णयलाई अस्वीकार गर्दै यादवलाई आधिकारिक उम्मेदवार घोषणा गरेको हो।

चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन्।

यस्तै, सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?