सप्तरीमा २० महिला चुनावी मैदानमा

सप्तरीमा २० महिला चुनावी मैदानमा
+
-

सप्तरी – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१ जनाले उम्मेदवारी दिएको र त्यसमध्ये महिला २० जना रहेका छन्।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एक जना, प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा तीन जना प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा एक जना गरी पाँच जना महिलाले उम्मेदवारी दिएका हुन्। प्रदेशसभातर्फ भने १५ जना महिलाको उम्मेदवारी परेको छ।

सप्तरी–१ बाट टीकालक्ष्मी चौधरीले नागरिक उन्मुक्ति पार्टीवाट उम्मेदवारी दिएकी छन्। प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी–२ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ। नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल, पीछडा वर्ग निषद दलित जनजाति पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी–४ बाट माधुरीकुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। सप्तरी– १ को प्रदेशसभा (क) बाट शशीकलाकुमारी चौधरी र महावती मलाहले र सप्तरी–१ को (ख) सुनिताकुमारी मलाहले उम्मेदवारी दिएका छन्। चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट तथा महावती र सुनिताले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर २ (क) बाट तीन जना महिलाको उम्मेदवारी परेको छ। चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विणादेवी यादवले नेपाल मजदूर किसान पार्टी नेमकिपाबाट उम्मेदवारी दिएका हुन्।

निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ। प्रतिमा कुमारी देवले कांग्रेस बीपीबाट उम्मेदवारी दिएकी छन् भने सकुन्तलादेवी यादव र रिंकुदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर ३ (क) बाट दुई जना महिलाले उम्मेदवारी दिएका छन्। गिरिजाकुमारी चौधरी र अनमोल यादवले उम्मेदवारी दिएका हुन्। चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र यादवले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएका हुन्। क्षेत्र नम्बर ३ (ख) बाट ऐलिना आचार्य र डोमनीदेवी रामले उम्मेदवारी दिएका हुन्। आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी र रामले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर ४ (क) बाट चिन्तादेवी सिंह र क्षेत्र नम्बर ४ (ख) बाट ललितादेवी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। –न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?