उम्मेदवारी रद्द विरुद्ध गुरुङले दिए सर्वोच्चमा रिट, भोलि पेशी

उम्मेदवारी रद्द विरुद्ध गुरुङले दिए सर्वोच्चमा रिट, भोलि पेशी
+
-

काठमाडौँ – रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङले उम्मेदवारी रद्दविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुरमा दोषी ठहर भइ कालो सूचीमा रहेको उजुरी परेपछि गुरुङको उम्मेदवारी नै खारेज गरेको थियो।

एकीकृत समाजवादीका गुरुङले बिहीबार सर्वोच्चमा रिट निवेदन दिएको र शुक्रबारका लागि पेशी तोकिएको छ। उनले आफ्नो उम्मेदवारी खारेजी गैरकानुनी रुपमा गरिएको, निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार बाहिर गएर आफ्नो उम्मेदवारी खारेज गरेको जिकिर गुरुङले गरेका छन्।

रुपन्देही २ निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम उम्मेदवार हुन अयोग्य देखिएको ठहर गरेको थियो।

उम्मेदवार गुरूङ आफैँ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ कसुर सम्बन्धी मुद्दा परेको थियो।

काठमाडौँ जिल्ला अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते दोषी ठहर गरेको थियो।

रुपन्देही २ बाट एमालेका उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?