जन्मभूमिमा देखिएका गलत प्रवृत्ति अन्त्य गर्न मेरो उम्मेदवारीः रेखा थापा

जन्मभूमिमा देखिएका गलत प्रवृत्ति अन्त्य गर्न मेरो उम्मेदवारीः रेखा थापा
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन्।

बिहीबार सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ का मतदातासँगको भेटमा उनले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन्।

अभिनेत्री थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले भनिन्, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ। समानुपातिक भन्ने छँदै थियो। म यसरी भेला नभइकन पनि तपाईंहरुसँग नभेटिकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थेँ। मलाईं तपाईंहरुसँग भेट्नु थियो। तपाईंहरुसँग मलाई कुरा गर्नु थियो। मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन्। मैले यहाँको रक्षा गर्नुपर्छ। र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ। मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन। म त्यहीँ (काठमाडौँ) बसेर पनि हुन्थेँ। तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईंहरुको भेट यसरी हुने थिएन। यहाँको समस्या मैले थाहा पाउने थिइनँ।’

थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफै समाप्त हुने दाबीसमेत गरिन्। घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उनको भनाइ थियो।

कार्यक्रममा उपस्थित भएका स्थानीय केही युवाहरुले भने स्थानीय समस्या समाधानका लागि अभिनेत्री थापालाई मत दिने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?