बागी उम्मेदवार निष्क्रिय रहेर गठबन्धनलाई बलियो बनाउन जनमोर्चाको निर्देशन

बागी उम्मेदवार निष्क्रिय रहेर गठबन्धनलाई बलियो बनाउन जनमोर्चाको निर्देशन
+
-

काठमाडौँ–राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको छ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत यस्तो निर्देशन दिएका हुन्।

काठमाडौँ ९ (ख), गुल्मी १ (क), दाङ १ (क) र सुर्खेत १ (ख) का प्रदेशसभा सदस्यको लागि परेका उम्मेदवारीहरू निष्क्रिय पार्ने (छाड्ने) र सत्ता गठबन्धन दलका उम्मेदवारहरूलाई सहयोग गर्न केसीले निर्देशन दिएका हुन्।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएका निर्वाचन क्षेत्रहरूमा गठबन्धन दलहरूका दोहोरो उम्मेदवारी वा बागी उम्मेदवारी परेकोमा तिनलाई फिर्ता गर्ने र समयको कारण फिर्ता गर्न नभ्याएका स्थानका उम्मेदवारहरूका उम्मेदवारीलाई निष्क्रिय पार्ने (छाड्ने) सहमति भएको अध्यक्ष केसीको भनाई छ।

केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६२–६३ सालको संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा देश प्रतिगमनतिर जाने, राजतन्त्र वा कुनै प्रकारको अधिनायकवादी व्यवस्था आउने खतरा छ ।

त्यस प्रकारको पृष्ठभूमिमा नै प्रतिगमन विरोधी ५ दलीय गठबन्धनको निर्माण भएको हो। प्रतिगमनको खतरा अहिले पनि विद्यमान भएकाले त्यसका विरुद्ध गठबन्धनलाई बलियो र सशक्त बनाउनुपर्ने राष्ट्रिय आवश्यकता छ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण कडी हुनेछ।’

केसीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह पनि गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?