आफैँ मिडिया अनुगमन गर्ने निर्णयबाट पछि हट्यो आयोग

आफैँ मिडिया अनुगमन गर्ने निर्णयबाट पछि हट्यो आयोग
+
-

काठमाडौँ – मिडियाले निर्वाचन आचार संहिता पालना गरे नगरेको आफैँ अनुगमन गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।

‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरेर सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर मिडिया अनुगमन गर्ने तयारीप्रति चर्को विरोध भएपछि आयोग पछि हटेको हो।

शुक्रबार बसेको आयोगले बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता कार्यान्वनय भए नभएको अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मा दिने निर्णय गरेको हो।

आयोगको निर्णयमा भनिएको छ, ‘सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक धारा १९०, सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भएरनभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने।’

अघिल्ला चुनावहरुमा मिडिया अनुगमनको जिम्मेवारी काउन्सिलले नै गर्ने गरेको थियो।

यो पनि पढ्नुहोस्

चुनावमा मिडिया अनुगमन आयोग आफैले गर्ने

चुनावमा मिडिया अनुगमन आयोग आफैले गर्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?