ओलीले जतिसुकै फण्डा गरे पनि गठबन्धनको जित सुनिश्चित छः कांग्रेस प्रवक्ता महत

ओलीले जतिसुकै फण्डा गरे पनि गठबन्धनको जित सुनिश्चित छः कांग्रेस प्रवक्ता महत
+
-

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए।

उनले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्द्धन देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको जिकिर गरे।

उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको बताए। रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ। उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताए।

उनले भने, ‘देशमा अब समृद्धिको विकल्प छैन। नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ। रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ। त्यसका लागि समृद्धि आवश्यक छ। समृद्धिका लागि लगानी आवश्यक छ। लगानीको लागि लगानीमैत्री वातावरण आवश्यक छ। सुशासन, स्थायित्व आवश्यक छ। त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ। यसले लय पनि समातेको छ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाए। गठबन्धनको मूल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको महतको दाबी छ।

उनले गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गरेको दाबी गरे। उनले ओलीकै नेतृत्व रहेको खण्डमा देशमा भयरहीत वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुन नसक्ने दाबी गरे।

उनले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाए। प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरे पनि गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?