मन्त्री चौधरीले बाँडे बाढी पीडितलाई २०० क्वीन्टल चामल, भोट प्रभावित गर्न खोजेको आरोप

मन्त्री चौधरीले बाँडे बाढी पीडितलाई २०० क्वीन्टल चामल, भोट प्रभावित गर्न खोजेको आरोप
+
-

‍दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितलाई चामल वितरण गरेका छन्। उनले आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्वीन्टलका दरले २०० चामल वितरण गरेका हुन्।

बाढीबाट प्रभावित भएकाहरुलाई राहतस्वरुप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ।

‘मन्त्रीज्यूको पहलमा आएको चामल हो। त्यो पालिकालाई दिइएको छ,’ सचिवालयका एक सदस्यले भने,‘बाढी पीडितलाई दिने भनेर चामल मगाइएको थियो।’

मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ। भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप लागेको छ।

निर्वाचन आयोगले मन्त्रीहरु अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचारसंहिता विपरीत हुने जनाएको छ।

‘मन्त्री अघि सरेर सामाग्री दिन पाउँदैनन्। सरकारको आफ्नै संयन्त्र छ। संयन्त्रभन्दा बाहिरबाट काम हुँदा त्यो आचारसंहिता विपरित ठहरिन्छ,’ निर्वाचन अधिकृत मानबहादुर बिष्टले भने,‘यसबारेमा भएको के हो? हामी अनुसन्धान गर्छौँ।’

मन्त्री चौधरीले भने स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?