डडेल्धुरामा नयाँ चुनावी समीकरण, देउवा झन् बलिया बन्दै

डडेल्धुरामा नयाँ चुनावी समीकरण, देउवा झन् बलिया बन्दै
+
-

धनगढी- सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराकाे उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झन् बलियाे बन्दैछन्। यसअघि एमालेकाे समर्थनमा नेपाली कांग्रेस बिपीका उपसभापति कर्ण मल्लले देउवासँग टक्कर दिने सहमति भए पनि एमालेले बिपी कांग्रेससँगकाे सहमति ताेडेकाे छ।

शनिबारमात्र आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी, डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल गर्ने सहमति गरेकाे छ।

शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा जाने जनाएका हुन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बिपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनबाट असन्तुष्ट एकीकृत समाजवादीका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरे पनि जोशीलाई एकीकृत समाजवादी, डडेल्धुराले समर्थन गरेको छ।

जसअनुसार एकीकृत समाजवादीले कांग्रेस बिपीसँग तालमेल गरेको हो। एकीकृत समाजवादी र कांग्रेस बिपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।

यसअघि एमालेसँग पनि चुनावी तालमेलको सहमति गरिएको थियो। तर, शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस बिपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो।

अब माओवादी केन्द्र र कांग्रेसका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, एमालेका बिक्रम शाही र समाजवादीकाे समर्थनमा कांग्रेस बिपीका उपसभापति कर्ण मल्लबीच प्रतिस्पर्धा हुने भएकाे छ।

अहिलेकाे समिकरण हेर्दा देउवा निकै अगाडि देखिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?