संविधान जोगाएकोमा हामीलाई धन्यवाद दिनुस्, गठबन्धनलाई जिताउनुस्ः माधव नेपाल

संविधान जोगाएकोमा हामीलाई धन्यवाद दिनुस्, गठबन्धनलाई जिताउनुस्ः माधव नेपाल
+
-

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क गरे।

उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनकै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्न पनि  मतदातालाई आग्रह गरे। उनले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नपर्ने बताए।

अध्यक्ष नेपालले भने, ‘गठबन्धन दललाई तपाईंहरुले विजयी गराउनु पर्दछ। धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यक छैन। हामीले मुलुकलाई निकै ठूलो दूर्घटनाबाट बचाएका छौँ। संविधान नै धरापमा परिसकेको थियो। लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो। पटक–पटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो। त्यसमा निम्ति तपाईंहरुले यी सबै नेताहरुलाई धन्यवाद दिनु पर्दछ।’

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराए। मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?