हामीले धेरै पहिलादेखि हँसिया–हथौडा र रुखलाई एक बनाइसकेका हौँः प्रचण्ड

हामीले धेरै पहिलादेखि हँसिया–हथौडा र रुखलाई एक बनाइसकेका हौँः प्रचण्ड
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे।

अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरीमा फस्ने दाबी गरे। उनले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गरे।

उनले भने, ‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन। स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ।

म काठमाडौँ क्षेत्र नम्बर २ का मतदाताहरुलाई के भन्छु भने, अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो। त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनु हुनेछ। त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ।’

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे।

उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए। उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौँ, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘उहाँले यहाँ वाचा गर्नुभएका कुरा पूरा गर्नेमा मलाई विश्वास छ। ओनसरी घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस्। उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरुको अगाडि पठाउने छौँ। मैले अहिले विभिन्न ठाउँमा निर्वाचन लड्दै गर्दा निर्वाचनको चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु, हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने? रुखले कसरी हँसिया हथौडामा भोट हाल्ने भनेको सुनेको छु। हामीले धेरै पहिलादेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका हौँ।’

उनले थपे, ‘२०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र कांग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ। त्यतिबेला रुख र हँसिया हतौडा एक भएकै हो। जतिबेला शान्ति सम्झौता गर्‍यौँ, त्यसमा ७ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हथौडामा छाप लगाए बराबर हो। त्यतिबेला सात दलको नेता माधवकुमार नेपाल हो। अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्। ती नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?