
काठमाडौँ – सर्वोच्च अदालतले रुपन्देही २ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो।
त्यसका विरुद्ध गुरुङले बिहीबार सर्वोच्चमा दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले अन्तरिम आदेशबारे निर्णय गर्न कात्तिक २ गते दुई पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
आइबार श्रेष्ठको इजलासले कारण देखाउ आदेश पनि जारी गरेको छ।