कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेदवारलाई कारबाही
+
-

धनगढी – नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो।

सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमती अनुरुप आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि र प्रदेश सभा दुवै तर्फका उम्मेदवारलाई कारवाही गरिएको जनाइएको छ।

‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौं’, काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

कारवाहीमा पर्नेमा क्षेत्र नं. २ (ख) का भरतकुमार शाही र उनका समर्थक कमलकुमार विक, क्षेत्र नं. ३ का नविनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेदवार गोविन्दराज जोशी उनका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नं. ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारबाही गरिएको छ। कैलाली क्षेत्र नं. ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?