
काठमाडौँ – निर्वाचन आयोगले जरिवाना नबुझाएका उम्मेदवारलाई समयमै जरिवाना बुझाउन आग्रह गरेकाे छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई कात्तिक ५ गतेसम्म अन्तिम समय दिएको हाे ।
आयोगले सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नबुझाएमा उम्मेदवारी रद्द हुने चेतावनीसमेत दिएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवार हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको हो ।
यस्ताे छ विज्ञप्ति: